https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख २८ गते ।
महोत्तरीकाे गौशाला नगरपालिका–५ स्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयले २५ जना छात्रछात्रालाई साइकल वितरण गरेको छ । कक्षा ११ का ६ जना र कक्षा १२ का १९ जना गरि २५ जना विज्ञान संकायमा अध्ययनरत जेहेन्दार तथा नियमित उपस्थिति भएका २५ जना छात्रछात्रालाई साइकल वितरण गरेको छ ।

विद्यार्थीहरुलाई प्रोत्साहन गर्न यस्ता प्रेरणादायी कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने वितरण कार्यक्रमका प्रमुख अतिथ पालिका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर अधिकारीले बताए । उहाँले शिक्षामा लगानी गर्नु नै भविष्य निर्माणको आधार भएको उल्लेख गर्दै जेहेन्दार विद्यार्थीलाई थप हौसला प्रदान गर्न नगरपालिका सकारात्मक रहेको धारणा व्यक्त गरे ।

विद्यालयले शैक्षिक विकास, नियमित उपस्थिति र विद्यार्थीको मनोबल उच्च बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ ।

वितरण कार्यक्रम विद्यालयका प्रधानाध्यापक विनोद महतोको अध्यक्षता, पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर अधिकारीकाे प्रमुख अतिथि, विशिष्ट अतिथिका रूपमा ईलाका प्रहरी कार्यालय, गाैशालाका प्रहरी निरीक्षक रमेश लामा, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष दिनेश्वर महतो, सञ्चारकर्मी, अभिभावक तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो

प्रतिक्रिया

सम्बन्धित समाचार