https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

 

बिरगंज, बैशाख २८ गते ।
बिरगंजमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल, जिल्ला कार्य समिति पर्साले नेपाल सरकारले विभिन्न समयमा गरेका सम्झौता कार्यान्वयन तथा आर्थिक–वित्तीय शोषण अन्त्यको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

महाअभियानका पर्सा संयोजक शम्भु प्रसाद चौरसियाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंलाई सम्बोधन गरिएको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत बुझाउनुभएको हो ।

ज्ञापनपत्रमा बैंक तथा वित्तीय संस्थाबाट लामो समयदेखि सर्वसाधारण नागरिकमाथि आर्थिक तथा वित्तीय शोषण, अन्याय र उत्पीडन भइरहेको उल्लेख गर्दै श्रमजीवी तथा निम्न वर्गीय नागरिकको न्याय, अधिकार र सम्मान सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने माग गरिएको छ ।

महाअभियानले विगतमा सरकारसँग भएका पटक–पटकका संवाद, वार्ता तथा सहमतिहरू स्मरण गराउँदै विशेषगरी सुशीला कार्की नेतृत्वको सरकारसँग भएको १२ बुँदे सम्झौतालाई पीडित नागरिकको समस्या समाधानको आधारका रूपमा कार्यान्वयन गर्नुपर्ने जनाएको छ ।

ज्ञापनपत्रमा वर्तमान सरकारले विगतका प्रतिबद्धताको निरन्तरता दिँदै सम्झौताहरूको पूर्ण तथा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ। माग सम्बोधन नभए देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ । महाअभियानले पीडित नागरिकको आवाजलाई गम्भीरतापूर्वक सम्बोधन गरी यथाशीघ्र न्याय सुनिश्चित गर्न आग्रह गरेको छ ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा उपाध्यक्ष राजेश चौहान, सचिव अजय पौडेल, सहसचिव तथा प्रवक्ता पवन प्रसाद साह, सदस्य हरिनारायण चौरसिया लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार