https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख २८ गते ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा घोषणा गरेको हो ।

यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अनुसार नतिजा वेबसाइट, एसएमएस तथा आईभीआर सेवामार्फत हेर्न सकिनेछ ।

गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए । जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका थिए ।

परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका थिए ।

यसपटक उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएकाले विगतको तुलनामा नतिजा छिटो सार्वजनिक गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार