कञ्चनपुर, बैशाख २९ गते ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी क्षेत्रमा स्कारपियोले साइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी बलका जवान ओमबहादुर चन्द घाइते भएका छन्सोमबार साँझ भएको दुर्घटनापछि स्थानीयवासी र प्रहरीले उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्याएका थिए ।
३५ नम्बर शैलेश्वरी गणमा कार्यरत चन्दको झलारीस्थित अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था मध्यम छ ।
दुर्घटनामा संलग्न स्कारपियो चालक नरेश पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

