https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बारा, बैशाख ३० गते ।
बाराकाे इलाका प्रहरी कार्यालय सिम्रौनगढमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन गरिएको छ। बेलायत सरकारको सहयोगमा निर्माण गरिएको उक्त भवनको उद्घाटन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसा र विभेद न्यूनीकरणका लागि पीडितमैत्री सेवा केन्द्रहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

 

उहाँले संवेदनशील वर्गलाई सहज, सुरक्षित र सम्मानजनक वातावरणमा सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता संरचनाको विस्तार आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका उच्च प्रहरी अधिकृत, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रहरीका अनुसार सेवा केन्द्रमार्फत महिला हिंसा, बालअधिकार, ज्येष्ठ नागरिकसम्बन्धी समस्या तथा सामाजिक मुद्दासम्बन्धी उजुरी दर्ता, परामर्श र आवश्यक सहजीकरण सेवा प्रदान गरिनेछ। नयाँ भवन सञ्चालनसँगै पीडितहरूलाई थप व्यवस्थित र प्रभावकारी सेवा उपलब्ध हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार