https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बिरगंज, बैशाख ३० गते ।
बिरगञ्ज बजार क्षेत्रमा सडक विस्तार अभियानअन्तर्गत व्यवसायी तथा स्थानीयवासीलाई पर्याप्त समय नदिई बजार खाली गराउन खोजिएको विषयमा प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले संसदमा गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कानुले प्रभावित पक्षलाई उचित समय, वैकल्पिक व्यवस्थापन र स्पष्ट योजनासहित मात्रै सडक विस्तार प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरे। उनले वीरगञ्जको वर्तमान अवस्था संवेदनशील बन्दै गएको उल्लेख गर्दै सडक विस्तारको नाममा व्यापारीहरू त्रसित बनेको बताए ।

कानुले वीरगञ्जको व्यापारिक गतिविधि प्रभावित भएको उल्लेख गर्दै व्यापारको मेरुदण्ड नै कमजोर बनाइएको टिप्पणी गरे। उनले सरकारी जग्गा कुनै व्यक्ति, दल वा पहुँचवालाको निजी सम्पत्ति नभई सम्पूर्ण जनताको साझा सम्पत्ति भएको स्पष्ट पारे ।

उनले देशका विभिन्न स्थानमा राजनीतिक दबाब र भूमाफियाका कारण सरकारी जग्गा अतिक्रमण भएको दाबी गर्दै सरकारले निष्पक्ष रूपमा समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याए ।

सांसद कानुले स्थानीयवासी, व्यवसायी तथा सरोकारवालासँग समन्वय नगरी बलपूर्वक सडक विस्तार प्रक्रिया अघि बढाउँदा सामाजिक तथा आर्थिक समस्या उत्पन्न हुने चेतावनी दिए। साथै प्रभावित व्यवसायीलाई स्थानान्तरणका लागि पर्याप्त समय, वैकल्पिक व्यवस्था र क्षतिपूर्तिमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।

वीरगञ्जमा सडक विस्तारको विषयलाई लिएर पछिल्लो समय व्यापारी र स्थानीयवासीबीच असन्तुष्टि बढिरहेको छ। सांसद कानुको अभिव्यक्तिपछि यो विषय पुनः सार्वजनिक तथा राजनीतिक बहसको केन्द्रमा आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार