https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, बैशाख ३० गते ।
सर्लाहीको मलंगवा नगरपालिका–१० मा चार तल्ले घरको छतमा प्लास्टर गर्ने क्रममा ढलान भत्किँदा दुई जना मजदुरको ज्यान गएको छ ।

बुधबार साँझ करिब ४ः४५ बजे स्थानीय रञ्जित यादवको घरमा पानी ट्याङ्की राख्ने भागमा प्लास्टर गरिरहेका बेला छत अचानक भासिएको थियो। दुर्घटनासँगै काम गरिरहेका मजदुरहरू छतबाट तल खसेर गम्भीर घाइते भएका थिए ।

मृत्यु हुनेमा मलंगवा नगरपालिका–२ निवासी करिब ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ निवासी करिब ४० वर्षीय राजकिशोर यादव रहेका छन् ।

गम्भीर घाइते दुवैलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनाले निर्माणस्थलमा आवश्यक सुरक्षा सावधानी नअपनाउँदा हुने जोखिमप्रति पुनः ध्यानाकर्षण गराएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार