https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, जेष्ठ १ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। सत्ता साझेदार जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिन बाध्य भएका हुन् ।

जनमत पार्टीले समर्थन फिर्ता लिए पनि सरकारमा सहभागी आफ्ना मन्त्रीहरूले हालसम्म पद नछोडेकाले राजनीतिक अवस्था थप रोचक बनेको छ। जनमतले विपक्षमा मतदान गर्ने निर्णय गरे पनि नेपाली कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र र नेकपा एसको समर्थनका कारण सरकार सुरक्षित देखिएको छ ।

विश्वासको मतका लागि सरकारलाई आवश्यक बहुमत पुग्ने अनुमान गरिएको छ भने प्रमुख प्रतिपक्षी नेकपा एमालेले समेत सरकारप्रति सकारात्मक संकेत दिएको छ ।

प्रदेश सभाको बैठक बिहान ११ बजे बस्दैछ, जहाँ मुख्यमन्त्री यादवले आफ्नो नेतृत्वको सरकारका लागि विश्वासको मत लिनेछन्। यस प्रक्रियाले मधेश प्रदेशको आगामी सत्ता समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार