https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, जेष्ठ १ गते ।
महोत्तरीकाे औरही नगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माणका लागि शिलान्यास गरिएको छ। नगरपालिका वडा नं. २ स्थित श्री प्रसाद सिंह नमूना विद्यालय पछाडिको ठूलो पोखरीको दक्षिण डिलमा निर्माण हुने भवनको नगर प्रमुख प्रदिप कुमार खड्का, उपप्रमुख रेणु झा तथा वडाध्यक्षहरूले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो ।

नगरपालिकाका अनुसार भ्याट तथा पीएससहित ७ करोड ७६ लाख ३२ हजार १ सय २ रुपैयाँ २९ पैसाको लागतमा निर्माण हुने भवनको ठेक्का बालाजी ड्रिमवे श्री भगत जेभी सिरहाले पाएको छ। निर्माण सम्झौता गत वैशाख २२ गते सम्पन्न भएको हो ।

शिलान्यास कार्यक्रममा नगर प्रमुख खड्काले लामो प्रयासपछि प्रशासकीय भवन निर्माण प्रक्रिया कार्यान्वयन चरणमा पुगेको बताउँदै १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो। उहाँले भवन निर्माणले सेवा प्रवाहलाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रमुख रेणु झाले स्थायी प्रशासकीय संरचनाले नगरपालिकाको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत सुशील प्रसाद आचार्यले भवन निर्माणपछि प्रशासनिक सेवा थप व्यवस्थित र प्रभावकारी हुने धारणा राख्नुभयो ।

स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीहरूले प्रशासकीय भवन निर्माणलाई नगर विकास र सेवा प्रवाह सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार