बिरगंज, जेष्ठ १ गते ।
अनिवार्य अवकाश प्राप्त गरी सेवा निवृत्त हुनुभएका प्रहरी नायब निरीक्षक राजेश कुमार मिश्रलाई जिल्ला प्रहरी कार्यालय पर्सामा सम्मानसहित विदाई गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले मिश्रले संगठनमा इमान्दार, लगनशील र कर्तव्यनिष्ठ रूपमा पुर्‍याउनुभएको योगदानको कदरस्वरूप मायाको चिनो प्रदान गर्दै सुखमय आगामी जीवनको शुभकामना व्यक्त गर्नुभयो ।

विदाई कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी संगठनमा लामो समय सेवा पुर्‍याउनुभएका मिश्रको योगदानको प्रशंसा गर्दै उहाँको आगामी जीवन सुखद र सफल रहोस् भन्ने कामना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार