गाैशाला, जेष्ठ २ गते ।
मधेसका महोत्तरीलसहित प्राचीन मिथिला क्षेत्रमा आज विवाहित महिलाहरूले अटल सौभाग्यको कामना गर्दै ‘बर्साइत’ पर्व श्रद्धा, भक्ति र उत्साहका साथ मनाइरहेका छन् । जेष्ठ औँसीका दिन मनाइने यो पर्वलाई वटसावित्री पर्वका रूपमा पनि चिनिन्छ ।
यस अवसरमा विवाहित मिथिलानीहरू नयाँ वस्त्र धारण गरी आफ्ना बस्ती नजिक रहेका वटवृक्ष (बरको रुख) मुनि सामूहिक रूपमा भेला हुन्छन्। उनीहरूले सती सावित्रीको आदर्श, त्याग र उच्च चरित्रको वर्णन गरिएका गीत गाउँदै आफ्नो वैवाहिक जीवनको दीर्घता तथा सुख–समृद्धिको कामना गर्छन् । साथै सावित्रीको कथा श्रवण गर्दै ब्रह्मा, विष्णु, महेशसहित इष्टदेवको पूजा आराधना गर्ने परम्परा रहिआएको छ ।
पौराणिक विश्वासअनुसार सत्य युगमा सती सावित्रीले आफ्नो तपस्या र अटल निष्ठाबाट पति सत्यवानको जीवन पुनः प्राप्त गरी अटल सौभाग्यको वरदान पाएकी थिइन्। यही विश्वासका आधारमा मिथिलानी महिलाहरूले निराहार व्रत बसेर यो पर्व मनाउने गर्दछन् ।
बर्साइत पर्व धार्मिक महत्वसँगै सामाजिक तथा सांस्कृतिक मेलमिलापको अवसर पनि बनेको छ। महिलाहरू साथीभाइसँग भेटघाट गर्दै, नाचगान गर्दै तथा सुख–दुःख साटासाट गर्दै परम्परागत संस्कृतिको जगेर्ना गर्ने गर्छन् ।
पहिले सीमित जातीय समुदायमा केन्द्रित यो पर्व पछिल्लो समय मिथिलाका सबै जातजातिमा फैलिएको छ । यसले सांस्कृतिक एकता, परम्पराको संरक्षण तथा सामाजिक सद्भावलाई थप मजबुत बनाएको संस्कृतिविद्हरूको भनाइ छ ।

वट सावित्री पर्व मनाइँदै
मलङ्गवा समाचारदाता
मलङ्गवा (सर्लाही), २ जेठ । सर्लाहीकाे मलङ्गवा-९ जनसागर पोखरीस्थित बरको रुखमा पूजाआराधनाका साथ पतिको दीर्घजीवन र सुस्वास्थ्यको कामना गर्दै शनिबार व

बरसाइत (बटसावित्री) पूजा गर्दै
इनरुवा(सुनसरी), २ जेठ ः
सुनसरी सदरमुकाम इनरुवा–१ सत्यनाराण मन्दिर नजिक बरको रुखमा शनिबार बरसाइत (वटसावित्री) पूजा गर्दै स्थानीय महिला । पतिको दीर्घायु, दाम्पत्य ज

