https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, जेष्ठ २ गते ।
महोत्तरी निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य माननीय दिपक कुमार साहसहितको टोलीले शनिबार रातु खोला क्षेत्रमा सञ्चालन भइरहेको नदी नियन्त्रण योजनाको स्थलगत अनुगमन गरेको छ ।

बलबा, भंगाहा तथा लोहारपट्टी क्षेत्रअन्तर्गत भइरहेका नदी नियन्त्रण, कटान रोकथाम र तटबन्ध निर्माण कार्यको निरीक्षण गर्दै योजनाको प्रगति, गुणस्तर तथा स्थानीयस्तरमा देखिएका चुनौतीबारे जानकारी लिइएको थियो ।

अनुगमनका क्रममा बर्सेनि हुने नदी कटान, डुबान तथा बाढी जोखिम न्यूनीकरणका लागि सञ्चालित योजनालाई प्रभावकारी, दिगो र जनमुखी बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको जनाइएको छ ।

स्थानीय बस्ती, कृषि भूमि तथा सार्वजनिक संरचनाको संरक्षणका लागि नदी नियन्त्रण योजना अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सांसद साहले विकास निर्माणका कार्यलाई समयमै सम्पन्न गर्न र गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

स्थानीयवासीले समेत नदी नियन्त्रण कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन निरन्तर निगरानी र समन्वय आवश्यक रहेको बताएका छन् । अनुगमनले योजनाको प्रभावकारिता अभिवृद्धि गर्दै नागरिक सुरक्षामा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार