https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सिरहा, जेष्ठ ३ गते ।
सिरहाको कर्जन्हा नगरपालिका–११ क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। शनिबार साँझ प्रहरीले २ सय ७६ किलो गाँजा फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक जीवकान्त चौधरीको नेतृत्वमा खटिएको टोलीले कर्जन्हा नगरपालिकाको कार्यालयदेखि करिब ३ सय मिटर उत्तरस्थित झाडी क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा ११ वटा प्लास्टिकका बोरामा प्याक गरिएको गाँजा बरामद गरेको जनाएको छ ।

बरामद गरिएको गाँजा मिर्चैयास्थित प्रहरी कार्यालयमा सुरक्षित राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिएका छन् ।

प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ । जिल्लामा लागूऔषध नियन्त्रण अभियानअन्तर्गत निगरानी र कारबाहीलाई थप कडाइ गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार