https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धनुषा, जेष्ठ ५ गते ।
धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा उपचार अभावका कारण एक बिरामीको मृत्यु भएपछि स्थानीयवासी आन्दोलित भएका छन्। घटनापछि आक्रोशित स्थानीयले सखुवा चौक तथा उपचार केन्द्र अगाडि विरोध प्रदर्शन गर्दै स्वास्थ्य सेवाको कमजोर अवस्थाप्रति असन्तुष्टि जनाएका हुन् ।

प्रदर्शनकारीहरूले सर्पदंश जस्तो संवेदनशील उपचारका लागि आवश्यक जनशक्ति, विशेषज्ञ चिकित्सक, भेन्टिलेटर तथा अत्यावश्यक उपकरणको अभाव हुँदा पटक–पटक बिरामीले ज्यान गुमाउनुपरेको आरोप लगाए। उनीहरूले उपचार केन्द्रलाई तत्काल स्तरोन्नति गरी प्रभावकारी सेवा सञ्चालन गर्न माग गरेका छन् ।

विरोध कार्यक्रममा सहभागी स्थानीयले राजनीतिक खिचातानी र सम्बन्धित निकायको बेवास्ताका कारण उपचार केन्द्रको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको बताएका थिए। उनीहरूले सरकारले तत्काल एमबीबीएस डाक्टर, पर्याप्त औषधि र आधुनिक उपकरणको व्यवस्था नगरे थप कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

स्थानीय अगुवा तथा सरोकारवालाहरूले सर्पदंश प्रभावित क्षेत्रमा रहेको उपचार केन्द्रलाई व्यवस्थित बनाउन प्रदेश र संघीय सरकारले विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएका छन्। घटनाबारे स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग समेत जवाफ माग गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार