गाैशाला, जेष्ठ ५ गते ।
नदी कटान तथा बाढीका कारण विस्थापित भएका परिवारलाई सरकारले प्रतिपरिवार २५ हजार रुपैयाँ पुनर्स्थापना खर्च उपलब्ध गराउने निर्णय गरेको छ। प्रभावित नागरिकलाई सुरक्षित स्थानमा बसोबास व्यवस्थापन गर्न सहयोग पुर्याउने उद्देश्यले राहत रकम वितरण गरिने जनाइएको छ ।
सरकारले स्थानीय तहसँग समन्वय गरी वास्तविक पीडितको विवरण संकलन तथा पुनर्स्थापनाको प्रक्रिया अघि बढाएको जनाएको छ। वर्षेनी बाढी र नदी कटानका कारण हजारौं परिवार विस्थापित हुने समस्यालाई ध्यानमा राख्दै दीर्घकालीन समाधानका योजनासमेत तयार पारिने बताइएको छ ।
प्रभावित नागरिकहरूले भने तत्काल सुरक्षित आवास, खानेपानी, स्वास्थ्य तथा शिक्षा व्यवस्थापनमा सरकारले विशेष ध्यान दिनुपर्ने माग गरेका छन्। साथै राहत वितरण प्रक्रियालाई पारदर्शी, प्रभावकारी र पीडितमैत्री बनाउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।

