https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, जेष्ठ १८ गते ।
समाचार संकलनका क्रममा जि.ई. खबरका पत्रकार नरेन्द्र महतोमाथि दुर्व्यवहार गरी सञ्चार सामग्री खोसिएको घटनाप्रति नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

महासंघका सचिव रामनारायण महतोद्वारा जारी विज्ञप्तिअनुसार आइतबार महोत्तरीको गौशालामा भइरहेको विरोध प्रदर्शनको समाचार संकलनका लागि खटिएका पत्रकार महतोमाथि केही व्यक्तिको समूहले दुर्व्यवहार गर्नुका साथै मोबाइलसहितका सञ्चार सामग्री नियन्त्रणमा लिएको जनाएको छ। महासंघले उक्त घटनालाई अत्यन्त निन्दनीय तथा प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेपको रूपमा व्याख्या गरेको छ ।

विज्ञप्तिमा गौशाला बजार अतिक्रमणसम्बन्धी विषयमा निरन्तर समाचार प्रकाशन तथा प्रसारण गर्दै आएको कारण पत्रकार महतोमाथि यस्तो व्यवहार गरिएको उल्लेख गर्दै घटनाको घोर भर्त्सना गरिएको छ ।

महासंघले प्रकाशित वा प्रसारित समाचारप्रति असन्तुष्टि भए कानुनी उपचार खोज्ने पर्याप्त व्यवस्था हुँदाहुँदै कानूनलाई आफ्नै हातमा लिएर पत्रकारमाथि दबाब सिर्जना गर्ने, समाचार तथा दृश्य सामग्री संकलनमा अवरोध पुर्याउने तथा सञ्चारकर्ममा हस्तक्षेप गर्ने कार्य प्रेस स्वतन्त्रता र विधिको शासनमाथिको गम्भीर प्रहार भएको जनाएको छ ।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याउन, पत्रकारको पेशागत सुरक्षा सुनिश्चित गर्न तथा प्रेस स्वतन्त्रताको संरक्षण गर्न सम्बन्धित निकाय र स्थानीय प्रशासनसँग जोडदार माग गरेको छ । साथै, भविष्यमा यस्ता घटना पुनः नदोहोरिने वातावरण निर्माणका लागि आवश्यक र कडा कदम चाल्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार