https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

डडेलधुरा, जेष्ठ १९ गते ।
सीमावर्ती क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीका एक जवान तीन दिनसम्म सम्पर्कबिहीन भएपछि महाकाली नदीमा मृत अवस्थामा फेला परेका छन् । घटनाले सशस्त्र प्रहरी संगठनभित्रै सुरक्षा प्रबन्ध, जिम्मेवारी र निगरानी प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ ।

डडेलधुराको परिगाउँ बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगरको शव सोमबार कञ्चनपुरस्थित महाकाली नदीको पुलमुनि अड्किएको अवस्थामा फेला परेको हो ।

पोस्टमार्टमपछि मंगलबार कैलालीको गोदावरीमा उनको अन्त्येष्टि गरिएको छ । पुन मगरसँग नाताले मामा पर्ने ५५ वर्षीय तीर्थबहादुर थापाको शव पनि एक दिनअघि महाकाली नदीमै भेटिएको थियो। दुई जनाको शव एउटै नदी क्षेत्रमा भेटिएपछि घटनाले थप रहस्यमय रूप लिएको छ ।

सशस्त्र प्रहरीका अनुसार १४ जेठमा इन्स्पेक्टर नरेशबहादुर चन्दको नेतृत्वमा २१ सदस्यीय टोली सीमाक्षेत्रमा पैदल गस्तीमा निस्किएको थियो । १५ जेठको रात टोली हारबोर बीओपीमा बसेको थियो । तर १६ जेठ बिहान रोलकलका क्रममा जवान पुन मगर अनुपस्थित देखिएपछि खोजी कार्य सुरु गरिएको थियो ।

बीओपीबाट गस्तीमा गएका एक सुरक्षाकर्मी रातारात कसरी हराए भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन। सशस्त्र प्रहरीका स्थानीय अधिकारीहरूले भने वैवाहिक वर्षगाँठ मनाउन नजिकै गएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन्। यद्यपि, उनी ब्यारेकबाट कसरी बाहिरिए, अनुमति प्रक्रिया के थियो र त्यसको अभिलेख छ वा छैन भन्ने विषयमा आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।

घटनाको गम्भीरता मध्यनजर गर्दै नं. ७ बाहिनीका एसपी देवराज जोशीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिले घटनाका सबै पक्षको अध्ययन गरी प्रतिवेदन बुझाउनेछ ।

उता नेपाल प्रहरीले पनि घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ। पोस्टमार्टम रिपोर्ट र अन्य प्रमाणहरूको विश्लेषणपछि मात्रै मृत्युको वास्तविक कारण र घटनाको क्रम खुल्ने प्रहरीको भनाइ छ ।

गस्तीमा खटिएको सुरक्षाकर्मी नै रहस्यमय रूपमा बेपत्ता भई मृत अवस्थामा भेटिएपछि सीमाक्षेत्रको सुरक्षा व्यवस्थापन र संगठनभित्रको जिम्मेवारी प्रणालीमाथि प्रश्न उठ्न थालेका छन्। छानबिन प्रतिवेदन सार्वजनिक भएपछि मात्र घटनाको वास्तविकता बाहिर आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार