https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, जेष्ठ २० गते ।
महोत्तरीकाे मटिहानी नगरपालिकाको आयोजनामा प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क स्क्रिनिङ तथा व्यवस्थापन शिविर आजदेखि सञ्चालनमा आएको छ ।

मटिहानी नगरपालिका–६ स्थित मटिहानी स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख हरि प्रसाद मण्डल ले शिविरको उद्घाटन गर्नुभयो ।

दुई दिनसम्म सञ्चालन हुने उक्त शिविरमा महिलाहरूको प्रजनन स्वास्थ्यसँग सम्बन्धित विभिन्न रोगहरूको पहिचान, उपचार तथा परामर्श सेवा प्रदान गरिनेछ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन कुमार मण्डल का अनुसार शिविरमा पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) को परीक्षण तथा उपचार, पाठेघर खस्ने समस्याको पहिचान र उपचार, स्तन क्यान्सरको परीक्षण, बाझोपन सम्बन्धी समस्या पहिचान तथा उपचार, अब्स्ट्रेटिक फिस्टुलाको परीक्षण तथा उपचारका साथै अन्य विभिन्न स्त्रीरोग सम्बन्धी समस्याहरूको जाँच, उपचार र परामर्श सेवा उपलब्ध गराइनेछ ।

नगरपालिकाले महिलाहरूलाई शिविरको अधिकतम लाभ लिन आग्रह गर्दै समयमै स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेको छ। शिविरबाट प्रजनन स्वास्थ्य सम्बन्धी समस्याको प्रारम्भिक पहिचान र उपचारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार