https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सिरहा, जेष्ठ २० गते ।
जिल्ला समन्वय समिति सिरहाको आयोजनामा तथा विभिन्न बालअधिकार तथा सामाजिक संस्थाहरूको समन्वयमा जिल्ला स्तरीय बालभेला सम्पन्न भएको छ। भेलाले १७ सदस्यीय जिल्ला बाल सञ्जाल गठन गर्दै बालबालिकाको नेतृत्व विकास र अधिकार सुनिश्चितताका लागि साझा मञ्च निर्माण गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख दिनेश कुमार महतो को अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुक्ति नेपालकी अध्यक्ष देव कुमारी महरा, दलित जनकल्याण युवा क्लबका कार्यकारी निर्देशक विनोद विसुन्के, दलित विकास मञ्चकी जिल्ला संयोजक सरिता महरा, इन्सेक प्रतिनिधि दुर्गा परियार तथा सवल नेपालका प्रतिनिधि निर बहादुर मगर आले लगायतको सहभागिता रहेको थियो ।

जिल्लाका १७ वटै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी आयोजित कार्यक्रममा ७० जना बालबालिकाको सहभागिता रहेको थियो। बालिका पूजा कुमारी साह ले सञ्चालन गरेको कार्यक्रमको समापन जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप लामा ले गर्नुभएको थियो ।

भेलामा बाल अधिकार, बाल संरक्षण, बाल सहभागिता तथा स्थानीय तहका योजना, नीति र कार्यक्रम निर्माण प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिताका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले बालबालिकाको आवाजलाई निर्णय प्रक्रियामा समावेश गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

भेलाले समावेशिताको आधारमा १७ सदस्यीय जिल्ला स्तरीय बाल सञ्जाल गठन गरेको छ। नवगठित सञ्जालको अध्यक्षमा अमित सदा चयन भएका छन्। उपाध्यक्षमा रितिका कुमारी दास, सचिवमा पूजा कुमारी साह तथा सह–सचिवमा सफल श्रेष्ठ चयन भएका छन् ।

नवगठित सञ्जालले बाल अधिकारको संरक्षण, बालमैत्री वातावरण निर्माण तथा जिल्लास्तरमा बालबालिकाको साझा आवाज सशक्त बनाउन स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरी काम गर्ने अपेक्षा गरिएको छ ।

सञ्जालका पदाधिकारी तथा सदस्यहरूले बालविवाह, दाइजो प्रथा, बहुविवाह तथा लागूऔषध दुरुपयोगजस्ता सामाजिक कुरीतिविरुद्ध आवाज उठाउने प्रतिबद्धता जनाएका छन्। साथै, बाल अधिकारको सुनिश्चितता, बाल संरक्षण तथा बालमैत्री समाज निर्माणका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार