https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

कपिलवस्तु, जेष्ठ २२ गते ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा क्रियाशील संस्था आफन्त नेपाल कपिलवस्तु शाखाले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म ४ हजारभन्दा बढी व्यक्तिलाई परामर्श सेवा प्रदान गर्नुका साथै १०५ जनाको उद्धार गरेको जनाएको छ ।

शाखाले बिहीबार कृष्णनगरस्थित आफ्नै सभाहलमा स्थानीय तह तथा सरोकारवाला निकायहरूसँग समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आफ्नो वार्षिक प्रगति विवरण सार्वजनिक गरेको हो ।

कार्यक्रममा शाखा संयोजक माधुरी लिम्बुले आर्थिक वर्ष २०८२/०८३ को वैशाखसम्म कृष्णनगर नाका हुँदै आवतजावत गर्ने ११ हजार ७०४ जनासम्म मानव बेचबिखन तथा सुरक्षित आप्रवासन सम्बन्धी सूचना पुर्‍याइएको जानकारी दिइन्। यस अवधिमा ४ हजार ११८ जनालाई परामर्श सेवा, १०५ जनाको उद्धार तथा अवरोध, ६७ जनालाई आकस्मिक आवास गृह सेवा, ६९ जनाको पारिवारिक पुनर्मिलन, १७ जनालाई सीपमूलक तालिम तथा १०९ जनाको फलोअप गरिएको उनले बताइन् ।

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरले खुला सीमाको फाइदा उठाउँदै हुने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरोकारवाला निकायहरूले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए ।

कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले मानव बेचबिखन नियन्त्रण तथा पीडितको संरक्षणमा संस्थाहरूले गरिरहेको कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै स्थानीय तहले यस्ता संस्थासँग निरन्तर समन्वय र सहकार्य गर्दै जाने बताए ।

कार्यक्रममा उठेका जिज्ञासा तथा सुझावमाथि आफन्त नेपाल रूपन्देहीका संयोजक उषा गुरुङले सहजीकरण गरेकी थिइन्।
अन्तरक्रियामा कृष्णनगर नगरपालिकाकी उपप्रमुख आरतीदेवी चौधरी, सशस्त्र प्रहरी बल कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउद, वडा नं. २ की कार्यवाहक अध्यक्ष रेनु शर्मा, वडा सदस्य राहुल मोदनवाल, नारायण कनोडिया, लिंकगेट अस्थायी प्रहरी पोस्टका प्रहरी नायब निरीक्षक खिमबहादुर जिसी, शान्ति पुनर्स्थापना गृह कपिलवस्तुका संयोजक दिनेश तिमिल्सिना, साना हातहरू संस्थाकी भिमा परियार, आशिष सामाजिक सेवा नेपालकी संयोजक सविता बिक, जनप्रतिनिधि, समाजसेवी, पत्रकार तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार