https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

म्याग्दी, जेष्ठ २३ गते ।
कास्की कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले नौ महिनापछि म्याग्दीबाट पक्राउ गरेको छ। ‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट भागेका पोखरा महानगरपालिका–९ निवासी ५४ वर्षीय लक्ष्मण मगराती उर्फ कृष्णबहादुर सार्कीलाई बेनी नगरपालिका–९ गलेश्वरबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार शुक्रबार राति गलेश्वर क्षेत्रमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा सार्की पक्राउ परेका थिए। आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई बाँकी कैद सजाय भुक्तानका लागि शनिबार कारागार कार्यालय बेनी पठाइएको छ ।

जबरजस्तीकरणी मुद्दामा कास्की जिल्ला अदालतबाट सात वर्ष कैद सजाय पाएका सार्की पोखरा कारागारमा सह–नाइकेको जिम्मेवारीमा रहेका थिए। अनुसन्धानका क्रममा उनी गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनको अवसर पारेर कारागारबाट फरार भएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार फरार भएपछि लामो समयसम्म लुकिछिपी बसेका सार्कीलाई विशेष निगरानीका आधारमा पक्राउ गरिएको हो। पक्राउसँगै बाँकी सजाय कार्यान्वयन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार