https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, जेष्ठ २३ गते ।
जिल्लाभरका बालबालिकाको साझा आवाजलाई संगठित र प्रभावकारी बनाउने उद्देश्यका साथ महोत्तरीमा जिल्ला बाल क्लब सञ्जाल गठन गरिएको छ । “बालबालिकाको सहभागिता सुनिश्चित गरौँ, बालमैत्री समाज निर्माण गरौँ” भन्ने नारासहित आयोजित कार्यक्रममा जिल्लाका १५ वटै स्थानीय तहका बाल प्रतिनिधिहरू एकै ठाउँमा भेला भई नयाँ नेतृत्व चयन गरेका हुन् ।

बालअधिकार संरक्षण, नेतृत्व विकास तथा निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता बढाउने लक्ष्यका साथ सम्पन्न कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, सरोकारवाला निकायका पदाधिकारी तथा बालबालिकाको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा वक्ताहरूले बालबालिकालाई केवल भविष्यका नागरिकका रूपमा मात्र नभई वर्तमान समाजका सक्रिय साझेदारका रूपमा स्वीकार गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

उद्घाटन सत्रमा जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रतिनिधि, सोनमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मेन्द्र कुमार यादव लगायत विभिन्न स्थानीय तहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उनीहरूले बालमैत्री समाज निर्माणका लागि बालबालिकाको विचार, भावना र सुझावलाई नीतिगत तहसम्म पुर्‍याउन आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागी बालबालिकाले आफ्नो-आफ्नो पालिकामा रहेका बालअधिकारसम्बन्धी समस्या, सम्भावना तथा अनुभवहरू साझा गरेका थिए। बालविवाह, बालश्रम, हिंसा, विभेद तथा शैक्षिक चुनौतीका विषयमा उनीहरूले खुलेर धारणा राखेका थिए ।

कार्यक्रमको बन्द सत्रले सर्वसम्मत रूपमा १७ सदस्यीय जिल्ला बाल क्लब सञ्जाल गठन गरेको छ। नवगठित कार्यसमितिको अध्यक्षमा रितिक शर्मा चयन भएका छन्। त्यस्तै उपाध्यक्षमा कन्हैया साह, महिला उपाध्यक्षमा जागृति राज चौधरी, सचिवमा इशिका ढुंगेल तथा सहसचिवमा अनिकेत कुमार मण्डल चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारीहरूलाई सोनमा गाउँपालिकाका शिक्षा शाखा सह-संयोजक धर्मेन्द्र कुमार यादवले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए। उनले बालबालिकाको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा अधिकार संरक्षणका क्षेत्रमा सञ्जालले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

सञ्जाल गठनसँगै जिल्लाभरका बालबालिकाको आवाजलाई संस्थागत गर्ने, बालअधिकार संरक्षण तथा प्रवर्द्धनका गतिविधिलाई सशक्त बनाउने र स्थानीय तहदेखि जिल्लास्तरसम्म बालमैत्री नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै बालविवाह, बालश्रम तथा बाल हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्दै विद्यालय तथा समुदायमा बालमैत्री वातावरण निर्माणका लागि सञ्जाल सक्रिय रूपमा अघि बढ्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।

महोत्तरीका बालबालिकाको नेतृत्व क्षमता विकास र अधिकार सुनिश्चितताको दिशामा यो सञ्जाल एउटा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। आगामी दिनमा यसले बाल सहभागिताको अभियानलाई थप सशक्त र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार