कञ्चनपुर, जेष्ठ २३ गते ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र सभामुख डोलप्रसाद (डीपी) अर्यालले सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर विमानस्थल तथा शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रको अवलोकन गरेका छन् ।
अवलोकनका क्रममा उनीहरूले महेन्द्रनगर विमानस्थलको वर्तमान अवस्था, स्तरोन्नति र सेवा विस्तारका सम्भावनाबारे सम्बन्धित निकायका प्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेका थिए। विमानस्थलको पूर्वाधार विकास र हवाई सेवाको पहुँच विस्तारका विषयमा पनि उनीहरूले चासो व्यक्त गरेका छन् ।
त्यसैगरी, शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रको अवलोकन गर्दै उनीहरूले प्राकृतिक सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक विकासका सम्भावनाबारे जानकारी लिएका थिए ।
नेतृत्व तहबाट गरिएको यस अवलोकनले सुदूरपश्चिम क्षेत्रको पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा सेवाको पहुँच विस्तारमा थप ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ ।


