https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पोखरा, जेष्ठ २६ गते ।
लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि सुखद खबर आएको छ। संयुक्त अरब इमिरेट्सको एयरलाइन्स Flydubai ले आगामी सेप्टेम्बर २३ देखि पोखराबाट दैनिक उडान सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ ।

यससँगै पोखरा र दुबईबीच प्रत्यक्ष हवाई सम्पर्क स्थापित हुने भएको छ। यसले पर्यटन, व्यापार तथा वैदेशिक रोजगारीका लागि यात्रा गर्ने नेपालीहरूलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

केही दिनअघि फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष Adrian Lukacz र Dhanraj Acharya बीच भएको भेटवार्तामा पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन, पर्यटन प्रवर्द्धन र हवाई सुरक्षासम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्व, युरोप र अफ्रिकाका सयौँ गन्तव्यसम्म पोखराको पहुँच विस्तार हुने बताए। उनका अनुसार लामो समयदेखिको पहल र समन्वयपछि यो उपलब्धि हासिल भएको हो ।

आचार्यले अन्तर्राष्ट्रिय उडान सम्भव बनाउन सहयोग गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण, पर्यटन क्षेत्रका सरोकारवाला निकाय तथा निजी क्षेत्रका प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेका छन् ।

भेटका क्रममा फ्लाइ दुबईका प्रतिनिधिले पोखराको प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनाबाट आफू प्रभावित भएको उल्लेख गर्दै नियमित उडानले यस क्षेत्रको पर्यटन विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाइ दुबईको प्रवेशलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग प्रत्यक्ष जोड्दै पर्यटन तथा आर्थिक गतिविधिमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार