https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, जेष्ठ ३० गते ।
मोरङको सुन्दरहरैंचा नगरपालिकामा प्रथम सुन्दरहरैंचा कोशी प्रदेश विद्यालयस्तरीय चेस प्रतियोगिता–२०८३ सुरु भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा जेसिज भवनमा आयोजित प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका विद्यालयका छात्र–छात्राहरूको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईं ले गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै उहाँले चेस खेलले विद्यार्थीहरूको बौद्धिक क्षमता, तार्किक सोच, निर्णय क्षमता तथा नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। साथै खेलकुदलाई नगरको समग्र विकाससँग जोड्दै यस्ता प्रतियोगितालाई आगामी दिनमा अझ व्यवस्थित र व्यापक बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगर खेलकुद विकास समितिका सदस्य सचिव खड्ग श्रेष्ठ ले विद्यालयस्तरमै चेस खेलको विकास र विस्तारका लागि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।

आयोजकका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। विद्यालयस्तरबाटै प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार