गाैशाला, जेष्ठ ३१ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टीको हरेक गतिविधि निकै चर्चाको विषय बन्ने गरेको देखिएको छ । झण्दै दुई तिहाई बहुमतमा सरकार गठन गरेको सत्तारूढ़ दल रास्वपाले गरेको हरेक काम प्रति जसरी नागरिकको चासो र चर्चा देखिन्छ त्यस्तै अहिले रास्वपाको संगठन विस्तारको प्रक्रियाले पनि उस्तै चर्चा जुटाउन सफल देखिएको छ । महोत्तरी लगायत ७७ वटै जिल्लामा रास्वपाको अधिवेशनको विषयमा देखिएको गतिविधिहरुले समेत त्यस्तै चर्चा बटुल्यो ।
महोत्तरीको सन्दर्भलाई जोडदा वडा र नगर अधिवेशन सम्पन्न भईसकेको छ । जिल्ला अधिवेशन भने अनिश्चित छ । तर जिल्ला अधिवेशन कै लागि महोत्तरीको रामगोपालपुरमा आयोजित सभामा रास्वपा महोत्तरी संस्थापक सभापति शुभमकुमार यादव प्रतिको देखिएको जनसमर्थनले संगठनमा उनको प्रभावशाली उपस्थिति रहेको पुष्टि गरेको थियो ।
सहमति नजुट्दा अस्थगित भएको जिल्ला अधिवेशन पश्चातपनि संस्थापक सभापति शुभमकुमार यादवको लोकप्रियता र जनविश्वासमा कमी देखिएको छैन । परिवर्तन,सुशासन र देश विकासका लागि नेपालको लोकतान्त्रिक राजनीतिमा होमिएको रास्वपा महोत्तरी जिल्लामा निकै कमजोर देखिएको अवस्था थियो ।
रास्वपामा व्यक्ति जुटाउन देखी संगठन विस्तार गर्न सम्भव नै नहुने जस्तो भान हुन्थ्यो । रास्वपाले मधेशको विकासलाई देश विकासको पर्याय बनाई पार्टीको पहिलो कार्यक्रम महोत्तरीको सदरमुकाम जलेश्वरमा आयोजना गर्यो ।
त्यसबेला महोत्तरी रोज़ाईमा पर्नु र पार्टीको पहिलो कार्यक्रम महोत्तरीमा सफल गराउन अहरोत्र खट्ने व्यक्ति पनि शुभमकुमार यादव नै हुन । २०७९ साल फाल्गुन १२ गते महोत्तरीमा रास्वपाको स्थापना र त्यसबेला देखी बेदाग रही रास्वपाको क्षवि जोगाउन समेत सफल रहेका युवा शुभमकुमार यादव देशभरीकै पार्टी संगठनको काँछो सभापति थिए ।
कम उमेर ठुलो जिम्मेवारी र पुराना दलहरुले जडा गारेको अवस्थामा कटाक्ष र असहयोगका बिच अडिग रही सन्तुलित,जनपेक्षित र निर्विवाद राजनीति गरि उदाएका नेता बने शुभमकुमार यादव । त्यति मात्र हैन् संगठन विस्तार देखी प्रशिक्षण,महोत्तरीको माग सम्बोधन,प्रदेश र केन्द्रमा महोत्तरीका लागि स्पष्ट धारना राख्ने देखी जिल्लाको प्रत्येक गतिविधिमा नागरिक सहजताका लागि खटिने र स्थानीय प्रशासन सँग समन्वय गर्ने कार्यमा उनी फ्रण्टलाईनमा रहेर खटेका थिए ।
जिल्ला अधिवेशन बाट उनलाई जिल्ला सभापतिको रुपमा देख्न चाहने जनआकांक्षा समेत रहेको छ । संघर्षमा नआत्तिएर सफलतामा अनियन्त्रित नभई र हाल असहमतिको परिस्थितिमा प्रक्रियाको सम्मान गर्दै अधिवेशनको सफलता प्रति दत्तचित भएर लागेका छन । यिनी यस्तै गतिविधिले उनलाई लोकप्रिय बनाउदै उहाँप्रतिको जनविश्वास समेत बढाएको छ ।

