https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राैतहट, असार १ गते ।
रौतहटको गौर र भारतको बैरगनिया सीमाक्षेत्रमा भारतीय पक्षले बाँध मर्मतका नाममा संरचनालाई थप अग्लो र बलियो बनाएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। सीमा क्षेत्रको दशगजा नजिक दुवै देशको सहमतिविना कुनै पनि भौतिक संरचना निर्माण, विस्तार वा परिवर्तन गर्न नपाइने व्यवस्था रहे पनि भारतीय पक्षले एकतर्फी रूपमा काम अघि बढाएको आरोप लगाइएको छ ।

स्थानीयका अनुसार बैरगनिया क्षेत्रमा निर्माण गरिएको करिब १५ फिट अग्लो र पाँच किलोमिटर लामो बाँधका कारण वर्षायाममा नेपालतर्फको पानी निकास हुन नसकी गौरसहित आसपासका दर्जनौँ गाउँ डुबानमा पर्दै आएका छन्। स्थानीय अमित केशरीका अनुसार भारतीय पक्षले बाँधमा रहेका सुलीसगेटहरू बन्द गर्ने गरेकाले बाढीको पानी थुनिएर नेपाली भूभागमा पस्ने समस्या झन् बढेको छ ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठ का अनुसार बाँध अग्लो हुँदा नेपालतर्फबाट बग्ने लालबकैया र वाग्मती नदीको पानीले सहज निकास पाउन नसकी ‘ब्याक फ्लो’ भएर गौर नगर क्षेत्र डुबानमा पर्ने गरेको छ। यसले प्रत्येक वर्ष ठूलो धनजनको क्षति पुर्‍याउँदै आएको स्थानीयको भनाइ छ ।

गौर नगरपालिकाका पूर्व नगरप्रमुख अजयकुमार गुप्ता ले नेपाल–भारतबीचको सहमतिअनुसार सीमारेखाको निश्चित दूरीभित्र एकतर्फी रूपमा अग्ला संरचना निर्माण गर्न नपाइने भए पनि भारतले बाँधको उचाइ र चौडाइ बढाइरहेको आरोप लगाएका छन्। उनका अनुसार वाग्मती नदीदेखि बन्जराहा गाउँसम्म फैलिएको बाँधकै कारण गौर क्षेत्र बर्सेनि डुबानको चपेटामा पर्दै आएको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल ले भारतीय समकक्षीसँग यस विषयमा ध्यानाकर्षण गराइएको जानकारी दिएका छन्। भारतीय पक्षले भने केन्द्रीय सरकारको योजनाअन्तर्गत बाँध मर्मतको काम भइरहेको जनाएको बताइएको छ ।

स्थानीयवासी तथा सरोकारवालाले यो विषय नेपाल–भारत सम्बन्ध, सीमा व्यवस्थापन र अन्तर्राष्ट्रिय समझदारीसँग जोडिएको भन्दै संघीय सरकारले कूटनीतिक पहलमार्फत स्थायी समाधान खोज्नुपर्ने माग गरेका छन्। भारतीय बाँधका कारण रौतहटका गौर, राजदेवी तथा इशनाथ नगरपालिकाका विभिन्न बस्तीहरू प्रत्येक वर्ष डुबानको जोखिममा पर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार