https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, असार ३ गते ।
देशभर आज मौसममा बदली भई विभिन्न स्थानमा चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भूभागमा मौसम प्रभावित बनेको छ। यसैको असरस्वरूप हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने तथा तराईका केही क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराई क्षेत्रमा समेत वर्षाको प्रभाव देखिने अनुमान गरिएको छ। कोशी प्रदेशका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज राति पनि देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा बदली कायम रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने अत्यधिक गर्मी तथा तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको छ। मौसमविद्ले वर्षा, चट्याङ्ग तथा हावाहुरीबाट हुन सक्ने क्षतिप्रति सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार