https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला, असार २ गते ।

सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित कृपा होटल नजिक बिपी राजमार्गमा सोमबार भएको सवारी दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

अपराह्न करिब साढे ३ बजे माझिटारबाट ढुंग्रेबासतर्फ जाँदै गरेको ज.१ त.९०३७ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बा ७५ प ६९२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कमलामाई नगरपालिका–१२ निवासी ३० वर्षीय मनिष माझीलाई तत्काल जिल्ला अस्पताल सिन्धुली पुर्‍याइएको थियो। उपचारकै क्रममा चिकित्सकले अपराह्न ४ बजे उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार ट्याक्टर कमलामाई नगरपालिका–५ मधुटार निवासी ४२ वर्षीय लोकबहादुर श्रेष्ठले चलाएका थिए। दुर्घटनापछि ट्याक्टर, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ।

बिपी राजमार्गमा पछिल्ला वर्षहरूमा सवारी चाप बढ्दै जाँदा दुर्घटनाका घटनासमेत बढ्न थालेका छन्। तीव्र गति, असुरक्षित ओभरटेक तथा सडक सुरक्षाप्रति लापरवाहीका कारण यस्ता दुर्घटना दोहोरिने गरेको सरोकारवालाहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार