https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला, असार २ गते
महोत्तरीको बर्दिबास नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ११ करोड ६९ लाख ५०० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न १८औँ नगर अधिवेशनमा नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीले आगामी वर्षको नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन्।

नगरपालिकाले आगामी वर्षको बजेटमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्रमुख प्राथमिकतामा राख्दै सेतो पुर्जा (निस्सा) वितरण कार्यलाई तीव्रता दिने घोषणा गरेको छ। नगर प्रमुख क्षेत्रीले श्रावण महिनादेखि नै उक्त प्रक्रिया प्रभावकारी रूपमा अघि बढाइने जानकारी दिए।

प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पशुपन्छी विकास, सडक तथा यातायात, सिँचाइ, विद्युत्, भूमि व्यवस्थापन, महिला तथा बालबालिका, युवा तथा खेलकुद, सहकारी र सामाजिक विकासका क्षेत्रलाई प्राथमिकतामा राखेको छ। साथै वातावरण संरक्षण, सरसफाइ, विपद् व्यवस्थापन, पर्यटन प्रवर्द्धन, कला–संस्कृति संरक्षण, लागूऔषध नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी कार्यक्रम पनि समेटिएका छन्।

नगर प्रमुख क्षेत्रीले बजेटले नगरवासीका आधारभूत आवश्यकता सम्बोधन गर्दै दिगो विकास, सामाजिक न्याय र समावेशी विकासलाई केन्द्रमा राखेको बताए। उनका अनुसार भूमिसम्बन्धी समस्या समाधान नगरपालिकाको मुख्य दायित्व भएकाले त्यसतर्फ विशेष ध्यान दिइएको हो।

नगर अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी मधेश प्रदेशकी श्रम तथा यातायात मन्त्री शारदादेवी थापाले स्थानीय आवश्यकता र जनचाहनालाई आधार बनाएर ल्याइएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सके नगरवासीले प्रत्यक्ष लाभ प्राप्त गर्ने विश्वास व्यक्त गरिन्। उनले नीति तथा कार्यक्रम सफल बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइन्।

प्रतिक्रिया

सम्बन्धित समाचार