https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, असार ३ गते ।

महाेत्तरीकाे मटिहानी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड ४५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। १७औँ नगरसभाको खुला अधिवेशनमा नगर प्रमुख हरिप्रसाद मण्डलले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

प्रस्तुत बजेटमध्ये राजस्व बाँडफाँडबाट १० करोड ५७ लाख रुपैयाँ, संघीय सरकारबाट २८ करोड ८८ लाख रुपैयाँ, प्रदेश सरकारबाट १ करोड ४९ लाख ९५ हजार रुपैयाँ तथा आन्तरिक स्रोतबाट ६ करोड ५६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

मधेश प्रदेश सभामुख राम अशिष यादव को प्रमुख आतिथ्यमा सम्पन्न नगरसभामा नगर प्रमुख मण्डलले मटिहानीको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई विकासको आधार बनाइने बताए। उनले कृषि तथा पशुपालनको आधुनिकीकरण, व्यावसायिक खेती विस्तार तथा युवालाई उत्पादनमुखी क्षेत्रमा आकर्षित गर्ने कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे।

पर्यटन विकासअन्तर्गत मटिहानी मठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने, नगरभित्र रहेका पोखरी, जलाशय, मठ, मन्दिर तथा मस्जिदहरूको संरक्षण, सौन्दर्यीकरण र प्रचारप्रसारमा जोड दिइने नीति लिइएको छ। साथै पर्यटकीय सम्भावना उजागर गर्न वृत्तचित्र निर्माण तथा सांस्कृतिक पूर्वाधार विकासका कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ।

शिक्षा क्षेत्रमा मैथिली भाषा संरक्षण र प्रवर्द्धनका लागि सामुदायिक विद्यालयको कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रमअन्तर्गत मैथिली विषय समावेश गरिने भएको छ। माध्यमिक तहमा विज्ञान प्रदर्शनी आयोजना, विद्यार्थीलाई सूचना प्रविधिमा पहुँच विस्तार गर्न ल्यापटप वितरण तथा कक्षा ११ मा अध्ययनरत छात्रालाई निःशुल्क साइकल उपलब्ध गराउने योजना पनि बजेटमा समेटिएको छ। दलित, विपन्न, अपांगता भएका, असहाय तथा शहीद परिवारका जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमलाई समेत निरन्तरता दिइनेछ।

स्वास्थ्य क्षेत्रमा बर्थिङ सेन्टरबाट रेफर भएका बिरामीलाई जनकपुरसम्म निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने, गर्भवती महिलाका लागि निःशुल्क अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिने तथा आयुर्वेद र परम्परागत चिकित्सा पद्धतिको प्रवर्द्धन गरिने नीति लिइएको छ ।

यसका अतिरिक्त गरिबी न्यूनीकरण, महिला तथा सामाजिक समावेशीकरण, कला, संस्कृति, खेलकुद, सिँचाइ, सहरी विकास, सञ्चार, वातावरण संरक्षण, विपद् व्यवस्थापन, संस्थागत विकास र सुशासनका क्षेत्रमा समेत विभिन्न कार्यक्रम तथा योजनाका लागि बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार