https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला, असार ५ गते ।
महोत्तरीको गौशाला–५ स्थित श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय ले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्राविधिक धारतर्फ शतप्रतिशत तथा साधारण र विज्ञान संकायतर्फ ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

विद्यालयका अनुसार प्राविधिक धारमा सहभागी २७ जना विद्यार्थीमध्ये सबै जना उत्तीर्ण भएका छन्। तीमध्ये ८ जनाले A+ ग्रेड प्राप्त गरेका छन् भने बाँकी सबै विद्यार्थीले A ग्रेड हासिल गरेका छन्। यससँगै विद्यालयले प्राविधिक शिक्षातर्फ शतप्रतिशत नतिजा कायम गर्दै उल्लेखनीय सफलता प्राप्त गरेको छ ।

त्यसैगरी साधारण तथा विज्ञान संकायतर्फ पनि विद्यार्थीहरूको प्रदर्शन उत्साहजनक रहेको विद्यालयले जनाएको छ। उक्त संकायमा कुल परीक्षार्थीमध्ये ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

विद्यालय प्रशासनका अनुसार यो उपलब्धिले विद्यालयमा प्रदान हुँदै आएको गुणस्तरीय शिक्षा, विद्यार्थीहरूको मेहनत, अभिभावकहरूको निरन्तर सहयोग तथा शिक्षकहरूको समर्पणलाई पुष्टि गरेको छ ।

कक्षा १२ को परीक्षामा सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश्वर महतो तथा विद्यालय परिवारले हार्दिक बधाई ज्ञापन गरेका छन् । साथै उनीहरूको उज्ज्वल भविष्य, उच्च शिक्षा तथा व्यावसायिक यात्राको सफलताको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार