https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला, असार ६ गते

जलवायु परिवर्तन विश्वव्यापी रूपमा सबैभन्दा गम्भीर चुनौतीका रूपमा देखा परेको छ। यसले मानव स्वास्थ्य मात्र होइन, सम्पूर्ण पारिस्थितिकीय प्रणालीलाई प्रभावित गरिरहेको छ। वनजंगल, नदीनाला, हिमाल, जैविक विविधता, कृषि भूमि तथा जलाधार क्षेत्रहरू जलवायु परिवर्तनका कारण प्रत्यक्ष प्रभावित भइरहेका छन्। वातावरणीय सन्तुलन बिग्रिँदै जाँदा मानिसको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमा समेत नकारात्मक असर देखिन थालेको छ।

नेपाल पनि जलवायु परिवर्तनको प्रभावबाट अछुतो छैन। विशेषगरी बालबालिकाहरू यसको बढी जोखिममा रहेका छन्। उनीहरूको विकासशील अवस्था, स्वच्छता तथा पोषणको अभाव र विपद्का कारण पठनपाठनमा हुने अवरोधले उनीहरूको भविष्यमा प्रत्यक्ष असर पारिरहेको छ। बालबालिकाको अधिकांश समय विद्यालयमा बित्ने भएकाले विद्यालयस्तरबाटै जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणका कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक देखिएको छ।

यसै सन्दर्भमा असार ६ गते बर्दिबास नगरपालिका–१ स्थित विनायक व्याङ्क्वेट, महोत्तरीमा शिक्षक तथा शिक्षिकाहरूका लागि “विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलन” सम्बन्धी एकदिने तालिम सम्पन्न गरिएको छ।

BMZ तथा कारितास जर्मनीको आर्थिक सहयोग, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (CDAFN) बर्दिबासको प्राविधिक सहयोग तथा बर्दिबास र मिथिला नगरपालिकाको समन्वयमा सञ्चालित SDRC परियोजनाअन्तर्गत उक्त तालिम आयोजना गरिएको हो।

कार्यक्रममा बर्दिबास नगरपालिकाकी नगर उपप्रमुख तारा देवी महतो प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने मिथिला नगरपालिका शिक्षा शाखा प्रमुख सीता काफ्ले विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी CDAFN का अध्यक्ष नागदेव यादव, उपाध्यक्ष सोमबहादुर कार्की, सल्लाहकार समितिका अध्यक्ष केदार कोइराला, सचिव निरु वाइवा, कोषाध्यक्ष दीपा ठकुरी, कार्यक्रम संयोजक सुमन खड्का तथा संस्थाका अन्य पदाधिकारी र कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो।

तालिमका मुख्य प्रशिक्षक CDAFN का कार्यकारी निर्देशक लक्ष्मीप्रसाद भट्ट हुनुहुन्थ्यो भने सहजीकरण परियोजना संयोजक सोनिका पौडेलले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक कृष्णदेव सुनरैत यादवले गर्नुभएको थियो।

बर्दिबास र मिथिला नगरपालिकाका माध्यमिक विद्यालयहरूबाट २५ जना शिक्षक तथा शिक्षिकाहरूको सहभागिता रहेको उक्त तालिममा जलवायु, मौसम, विपद्, हरितगृह ग्यास, अनुकूलन तथा न्यूनीकरण सम्बन्धी आधारभूत अवधारणादेखि जलवायु परिवर्तनको वैज्ञानिक पक्षसम्मका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै विद्यालयस्तरमा जोखिम तथा क्षमता मूल्याङ्कन, समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण, स्थानीय विपद् व्यवस्थापन योजना, हरित विद्यालय निर्देशिका–२०७५, हरित विद्यालय अवधारणा, विद्यालय सुधार योजना, पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापमा जलवायु शिक्षाको समावेश, चुरे संरक्षण तथा दिगो विकास लक्ष्यहरूबारे पनि छलफल गरिएको थियो।

तालिमका क्रममा सहभागीहरूले विपद् व्यवस्थापन चक्रका चार प्रमुख चरण—न्यूनीकरण, तयारी, प्रतिकार्य तथा पुनःस्थापना—बारे साझा बुझाइ विकास गरेका थिए। उनीहरूले विद्यालयमा जलवायु शिक्षालाई पाठ्यक्रमसँग एकीकृत गर्ने, चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विपद् प्रतिकार्य योजना तयार गर्ने तथा विद्यार्थीहरूमा वातावरणमैत्री व्यवहार प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको समापनसँगै सहभागी शिक्षक तथा शिक्षिकाहरूले आफ्ना विद्यालयहरूमा जलवायु शिक्षा विस्तार गर्ने, जलवायु परिवर्तन अनुकूलनका अभ्यासहरू प्रवर्द्धन गर्ने तथा सुरक्षित र हरित विद्यालय निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार