https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

विष्णु गुप्ता
जलेश्वर, असार ८ गते ।
रतौली युवा क्लबद्वारा सञ्चालन भइरहेको ‘समुन्नति कार्यक्रम’ अन्तर्गत सम्पन्न विकास तथा सामाजिक योजनाहरूको प्रभावकारिता मूल्याङ्कन गर्न जलेश्वर नगरपालिकाका विभिन्न वडामा स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ ।

अनुगमन टोलीले जलेश्वर नगरपालिका वडा नं. ३, ७ र १२ मा सञ्चालन भएका कार्यक्रमहरूको अवलोकन गर्दै तिनको उपलब्धि, प्रभाव तथा दीर्घकालीन उपयोगिताबारे जानकारी लिएको हो। शिक्षा, खानेपानी, कृषि तथा सामाजिक विकाससँग सम्बन्धित विभिन्न योजनाको कार्यान्वयन अवस्थाको समेत समीक्षा गरिएको थियो ।

अनुगमनका क्रममा विद्यालय स्तरोन्नति, खानेपानी व्यवस्थापन, सिकाइ सामग्री वितरण, कक्षाकोठा व्यवस्थापन, बाल क्लबको प्रभावकारिता, फरक क्षमता भएका विद्यार्थीका लागि घरमै पठनपाठन व्यवस्था, डीप बोरिङ सञ्चालन तथा कृषक समूह सशक्तीकरणलगायत कार्यक्रमहरूको प्रत्यक्ष अवलोकन गरिएको थियो ।

जलेश्वर नगरपालिका नगर उपप्रमुख रौशन खातुन, प्रमुख प्रशासकीय अधिकृत प्रकाश शर्मा ढकाल तथा शिक्षा र स्वास्थ्य शाखाका कर्मचारीहरूको सहभागितामा सम्पन्न अनुगमनका क्रममा लाभग्राही, शिक्षक, विद्यार्थी, अभिभावक, कृषक समूह र स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया तथा छलफल गरिएको थियो ।

छलफलका क्रममा कार्यक्रमबाट प्राप्त उपलब्धि, देखिएका चुनौती र सुधारका आवश्यक पक्षबारे सुझाव संकलन गरिएको थियो। अधिकांश योजनाले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेको प्रारम्भिक निष्कर्ष समेत निकालिएको जनाइएको छ ।

रतौली युवा क्लबले समुदायको आवश्यकता अनुसार शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा समुन्नति कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रमले स्थानीय तहमा सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको क्लबले जनाएको छ ।

क्लबका अनुसार नियमित अनुगमन तथा मूल्याङ्कनले कार्यक्रमलाई अझ प्रभावकारी, पारदर्शी र दिगो बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ। साथै, अनुगमनबाट प्राप्त सुझावका आधारमा आगामी दिनमा कार्यक्रमलाई थप परिमार्जन गर्दै समुदायमैत्री र परिणाममुखी बनाइने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार