https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, असार २१ गते ।
महोत्तरीको बलवा नगरपालिका ९६.४३ प्रतिशत नागरिक साक्षर भएपछि औपचारिक रूपमा ‘साक्षर नगरपालिका’ घोषणा गरिएको छ। नगरभित्रका १५ देखि ६० वर्ष उमेर समूहका २८ हजार ११९ जनामध्ये २७ हजार ११५ जना साक्षर रहेको तथ्याङ्कका आधारमा आइतबार घोषणा कार्यक्रम सम्पन्न गरिएको हो ।

नगरपालिकाले आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य सुरीता साहले घोषणा–पत्र वाचन गर्दै नगर प्रमुख रामविजय महतोलाई हस्तान्तरण गरेपछि बलवा नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको हो ।

रतौली युवा क्लबको सहजीकरण, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा आसमान नेपालको प्राविधिक सहयोगमा सञ्चालित साक्षरता अभियानमा नगरपालिकाका २४ वटै विद्यालयका शिक्षक र माध्यमिक तहका विद्यार्थी परिचालन भएका थिए। उनीहरूले समुदायमै पुगेर निरक्षर नागरिकलाई पढाउने, सिकाइमा सहजीकरण गर्ने तथा साक्षरताका सूचक पूरा गराउने कार्य गरेका थिए ।

नगरपालिकाले प्रत्येक वडामा निरक्षर नागरिकको पहिचान गरी सिकाइ कार्यक्रम सञ्चालन गरेको जनाएको छ। सरकारले तोकेका १२ साक्षरता सूचकमध्ये आवश्यक मापदण्ड पूरा गरेपछि सबै वडालाई क्रमशः साक्षर घोषणा गर्दै अन्ततः सम्पूर्ण नगरपालिकालाई साक्षर घोषणा गरिएको हो ।

प्रमुख अतिथि सुरीता साहले साक्षरता अभियानलाई सफल बनाउनु नगरपालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै अब शिक्षाको गुणस्तर सुधार र सिकाइको निरन्तरतामा विशेष जोड दिनुपर्ने बताउनुभयो। उहाँले शिक्षा विकाससँगै समृद्ध समाज निर्माणको आधार भएकाले स्थानीय तहले यस क्षेत्रमा निरन्तर लगानी गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख राजकिशोर झाको नेतृत्वमा अभियान प्रभावकारी रूपमा सञ्चालन भएको भन्दै उहाँको योगदानको विशेष प्रशंसा गरिएको थियो ।

अभियान सफल बनाउन योगदान पुर्‍याएका विद्यालय, विभिन्न साझेदार संस्था, पत्रकार, जनप्रतिनिधि तथा अन्य ७७ जनालाई कदरपत्र र प्रमाणपत्र प्रदान गरिएको थियो। अभियानमा सक्रिय १४० जना विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

घोषणापछि सहभागीहरूले साक्षरताको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै प्रतिबद्धता–ब्यानरमा हस्ताक्षर गरेका थिए ।

नगर प्रमुख रामविजय महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमनलाल कर्ण, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, उपप्रमुख रामदुलारी यादव देवी, प्रमुख प्रशासकीय अधिकृत उमेश महतो, रतौली युवा क्लबका कार्यकारी निर्देशक बैद्यनाथ चौधरी, सेभ द चिल्ड्रेनका प्रतिनिधि, विभिन्न सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, पत्रकार तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार