https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, असार २२ गते ।
सर्वोच्च अदालतले नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गरी कैद कार्यान्वयन गरिएको विषयमा कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

पूर्वसांसद महतोका छोरा मनोज कुमार महतोले आफ्ना बाबुलाई कानुनविपरीत थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सरकारलाई पक्राउ र थुनाको आधार खुलाएर लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

मधेश आन्दोलनका क्रममा घाइते भएका सशस्त्र प्रहरी थमन विकको हत्या घटनामा संलग्न रहेको अभियोगमा उच्च अदालत जनकपुरले गत साता लक्ष्मी कोइरी महतोलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । कामु मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालतको फैसला आंशिक रूपमा उल्ट्याउँदै उहाँलाई दोषी ठहर गरेको थियो ।

रिट निवेदनमा १० वर्षभन्दा कम कैद सजाय भएका मुद्दामा पुनरावेदन गर्ने अधिकार सुरक्षित रहने र धरौटीमा बसेर सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ । उच्च अदालतको फैसला लगत्तै पक्राउ गरी कैद कार्यान्वयन गर्नु कानुनसम्मत नभएको दाबी गर्दै निवेदकले त्यसलाई बदर गर्न माग गरेका छन् ।

सर्वोच्च अदालतले हाल सरकारसँग पक्राउ तथा थुनाको कानुनी आधारबारे स्पष्टीकरण मागेको छ । मुद्दाको थप सुनुवाइपछि अदालतले यस विषयमा अन्तिम निर्णय दिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार