काठमाडौं, असार २३ गते ।
चिकित्सा शिक्षा आयोग को उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाह ले डा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।
नवनियुक्त उपाध्यक्ष डा. खत्रीलाई आज सस्मित पोखरेल ले शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा नियुक्तिपत्र प्रदान गरेका छन् ।
यसअघि आयोगको उपाध्यक्ष पद रिक्त रहेकाले पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरी ले कार्यवाहक उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न अध्यादेश ल्याएपछि तत्कालीन उपाध्यक्ष डा. अञ्जनी कुमार झा सहितका पदाधिकारी पदमुक्त भएपछि उक्त पद लामो समयदेखि रिक्त रहेको थियो ।

