https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सिराहा, असार २३ गते ।
काठ बोकेका तीन वटा ट्रक छाडिदिने भन्दै सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिएको आरोपमा सब-डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख रामकेवल राय यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ ।

अख्तियारका अनुसार कर्जन्हा नगरपालिका–२ स्थित एक स–मिलका काठले भरिएका तीन वटा ट्रक छाड्न यादवले प्रति ट्रक ४ हजार रुपैयाँका दरले घुस मागेका थिए। त्यसअनुसार उनले कुल १२ हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका हुन् ।

उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले विशेष अपरेसन सञ्चालन गरी यादवलाई सेवाग्राहीबाट घुस रकम बुझ्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।
अख्तियारले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धानपछि प्रचलित भ्रष्टाचार निवारण ऐनअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइने आयोगको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार