गाैशाला, असार ३२ गते ।
नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो कोइरी सर्वोच्च अदालतको आदेशपछि कारागारबाट रिहा भएका छन् ।

न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

कोइरी थमनविक हत्या प्रकरणमा दोषी ठहर भएका थिए। उच्च अदालत जनकपुरले उक्त मुद्दामा उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। फैसला सुनाइएको भोलिपल्ट उनलाई पक्राउ गरी जलेश्वर कारागार पठाइएको थियो ।

तर सर्वोच्च अदालतले १९ असारमा जारी गरिएको कैदी पुर्जी कानुनसम्मत नरहेको ठहर गर्दै त्यसका आधारमा गरिएको थुना कानुनी रूपमा टिक्न नसक्ने निष्कर्ष निकालेको छ। सोही आधारमा अदालतले कोइरीलाई तत्काल रिहा गर्न आदेश दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार