रसुवा, साउन १० गते ।
जिल्ला प्रशासन कार्यालय रसुवामा कार्यालय सहयोगीका रूपमा कार्यरत करार कर्मचारी ४३ वर्षीय पोषप्रसाद न्यौपाने मृत अवस्थामा फेला परेका छन् ।

उत्तरगया गाउँपालिका–४ कर्मीडाँडा चौरखर्क निवासी न्यौपाने गएराति करिब १०:३० बजे घलेगढीबाट लहरेपौवा स्वास्थ्य चौकी जाने भित्री कच्ची सडकखण्डबाट करिब दुई मिटर तल रहेको बारीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घर फर्कने क्रममा सडकबाट लडेर दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक आशंका गरिए पनि मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको छ ।

न्यौपानेका कान्छा छोरा राकेश न्यौपानेले बारीमा शव देखेपछि इलाका प्रहरी कार्यालय कालिकास्थानमा खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक रमेश रायको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले घटनास्थल र शव सुरक्षित राखी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार