धनुषा, साउन १५ गते ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सबैला नगरपालिका–१२ स्थित नहरचोकको मन्दिर परिसरमा फेला परेको एक पुरुषको शवको घटनालाई धार्मिक विवादसँग नजोड्न आग्रह गरेको छ ।

शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार साउन १५ गते राति करिब २ बजे मन्दिर परिसरमा अन्दाजी ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार मृतक मन्दिरको पुजारी नभई बेलाबेला मन्दिरमा सुत्न आउने व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनास्थलमा कुकुरसहितको अनुसन्धान टोली परिचालन गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा घटना आपराधिक प्रकृतिको देखिएको र धार्मिक विवादसँग सम्बन्धित नरहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले नागरिकलाई अफवाह र भ्रामक सूचना नफैलाउन तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ। साथै घटनामा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार