जनकपुरधाम, साउन १६ गते ।
धनुषाको नगराइन नगरपालिका वडा नं. ३ र ४ फुलगामामा सामाजिक सद्भाव, शान्ति र आपसी भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले सद्भाव बैठक तथा शान्ति र्‍याली सम्पन्न भएको छ ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, बुद्धिजीवी, समाजसेवी, धार्मिक अगुवा तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।

सहभागीहरूले पछिल्ला घटनाक्रमका बीच सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकता कायम राख्न सबै समुदाय जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए। बैठकपछि फुलगामा क्षेत्रमा शान्ति र सद्भावको सन्देश फैलाउने उद्देश्यले र्‍याली समेत निकालिएको थियो ।

वक्ताहरूले कुनै पनि अफवाह वा उत्तेजनात्मक गतिविधिको पछि नलागी कानुनी शासन, सामाजिक एकता र पारस्परिक सम्मानलाई बलियो बनाउन सबै पक्षले भूमिका खेल्नुपर्ने बताएका छन्। सद्भाव बैठकले शान्तिपूर्ण सहअस्तित्व कायम राख्दै समुदायबीच विश्वास र एकता थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार