गाैशाला, साउन १७ गते ।
गृहमन्त्री सुदन गुरुङले आइतबार महोत्तरीको नेपाल–भारत सीमावर्ती मटिहानी नाकाको स्थलगत निरीक्षण गर्नुभएको छ ।
मटिहानी पुग्नुभएका गृहमन्त्री गुरुङलाई मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले स्वागत गर्नुभएको थियो ।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले नेपालकै पुरानो ऐतिहासिक धार्मिकस्थल श्री लक्ष्मी नारायण (मठ) मन्दिरमा दर्शन–पूजा गर्नुभएको थियो। साथै मुस्लिम समुदायको आस्थाको केन्द्र पीर बाबा मजारमा पुगेर चादरपोसी गर्दै अवलोकन पनि गर्नुभएको थियो ।
भ्रमणमा प्रतिनिधिसभा सदस्य प्रमोद महतो र शिव यादव, सशस्त्र प्रहरी बलका एआईजी गणेशबहादुर ठाडा मगर, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव तथा प्रदेशका विभिन्न सुरक्षा निकायका प्रमुखहरूको समेत सहभागिता रहेको थियो ।
स्थलगत निरीक्षणका क्रममा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था, आवागमन तथा समग्र व्यवस्थापनबारे समेत जानकारी लिइएको जनाइएको छ ।


