गुल्मी, साउन १७ गते ।
गुल्मीकाे मुसिकोट नगरपालिका–१ अरेवा नजिक बिसौना–पास्ती क्षेत्रमा आइतबार बोलेरो जीप दुर्घटना हुँदा एक महिला घाइते भएकी छन् ।
प्रहरीका अनुसार बुटवलतर्फ जाँदै गरेको लु १ ज ३९२८ नम्बरको बोलेरो जीप ब्रेक फेल भएपछि अनियन्त्रित भई सडकमै पल्टिएको हो ।
दुर्घटनामा जीपमा सवार एक महिला घाइते भएकी छन्। प्रारम्भिक जानकारीअनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप विवरण संकलन भइरहेको छ भने दुर्घटनाको वास्तविक कारण खुलाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

