गौशाला, साउन १८ गते ।
महाेत्तरीकाे गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।
बिहान करिब ७:३० बजे इमली बजारबाट गौशालातर्फ आउँदै गरेको बा १ क ६१२९ नम्बरको मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गौशाला नगरपालिका–५ निवासी करिब ४० वर्षीय चालक विजय भुजेलसहित बसमा सवार ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको तथा अन्य पाँच जनाको अवस्था सामान्य रहेको बताइएको छ ।
घाइतेहरूको उपचारका लागि बिके अस्पताल, गौशाला तथा स्थानीय मेडिकलमा पठाइएको छ । घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

