सिरहा, साउन २५ गते ।

कप्तानगञ्ज घटनामा ज्यान गुमाएका १७ वर्षीय स्व. गणेश कुमार यादवको परिवारलाई विश्व हिन्दू परिषद् नेपालले रु. १ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ।

परिषद्का राष्ट्रिय उपाध्यक्ष श्री रघुनाथ प्रसाद साह, मधेश प्रदेश संगठन सचिव श्री जंग बहादुर सिंह तथा सिरहा र धनुषा जिल्लाका पदाधिकारी एवं कार्यकर्ताको उपस्थितिमा आज सहयोग रकम हस्तान्तरण गरिएको हो।

परिषद्ले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा परिवारको साथमा रहेको जनाएको छ। घटनामा घाइते सुभाष कुमार ठाकुरलाई समेत उपचारका लागि रु. ११ हजार आर्थिक सहयोग उपलब्ध गराइएको छ।

विश्व हिन्दू परिषद् नेपालले संकटमा परेका परिवारलाई सहयोग गर्नु आफ्नो सामाजिक तथा मानवीय दायित्व भएको उल्लेख गर्दै आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार