गाैशाला, साउन २६ गते ।
सरकारले सुनसरी र सिरहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका चार युवकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका तीन जना र सिरहाका एक जना गरी चारै जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।

सुनसरीको कप्तानगन्जमा भएको विवादपछि सुरक्षाकर्मीको गोली लागेर स्थानीय ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्रकुमार मेहताको मृत्यु भएको थियो ।

त्यसपछि तराई–मधेशका विभिन्न स्थानमा प्रदर्शन भएका थिए। सोही क्रममा सुरक्षाकर्मीको गोली लागेर सिरहाका गणेशकुमार यादवको पनि मृत्यु भएको थियो ।

सरकारले आन्दोलनका क्रममा ज्यान गुमाएका चारै जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार