सिरहा, साउन २७ गते ।
स्तन क्यान्सरबाट पीडित सिरहाको धनगढीमाई नगरपालिका–११ निवासी सुस्मिता हमाललाई हेल्प मधेसी मलेसियाले १५ हजार १०५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

हाल भरतपुर क्यान्सर अस्पताल, चितवनमा उपचाररत हमालको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको र उपचारका क्रममा परिवारले आफ्नो सम्पत्तिसमेत बेचेर उपचार गराइरहेको जानकारी पाएपछि थप उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको हो ।

श्रावण २६ गते आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा हेल्प मधेसी नेपाल केन्द्रीय समितिका अध्यक्ष सञ्जय कुमार यादव, हेल्प मधेसी मलेसियाका मिडिया कोअर्डिनेटर देव नारायण महतो, हेल्प मधेसी नेपालका केन्द्रीय सहेल्प मधेसीले संकटमा परेका पीडित तथा असहाय परिवारलाई सहयोग गर्दै सामाजिक सेवाको अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ।दस्य वस्ने राय तथा हेल्प मधेसी सिरहा जिल्ला उपाध्यक्ष श्याम सुन्दर यादव लगायतको उपस्थिति थियो ।

हेल्प मधेसीले संकटमा परेका पीडित तथा असहाय परिवारलाई सहयोग गर्दै सामाजिक सेवाको अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ । सहयोगले उपचाररत हमाललाई थप उपचारका लागि केही राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।
“मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने भावनाका साथ पीडित तथा असहाय परिवारको साथमा रहने प्रतिबद्धता हेल्प मधेसीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार