धनगढी, साउन २९ गते ।
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
नेकपा एमालेको समर्थनमा नेकपा संसदीय दलका नेता भट्टलाई शुक्रबार नै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।
मुख्यमन्त्रीमा नियुक्त भएसँगै भट्टले प्रदेश सरकारको नेतृत्व सम्हालेका छन्। प्रदेश प्रमुखको उपस्थितिमा आयोजित कार्यक्रममा शपथ ग्रहण सम्पन्न भएको हो ।

