गाैशाला, साउन ३० गते ।
महोत्तरीकाे बलवा नगरपालिका–२ बदियामा निर्माण सम्पन्न दुई कोठे विद्यालय भवन र तीन कोठे सामुदायिक भवनको आज नगर प्रमुख राम विजय महतोले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख महतोले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा र समुदायको आवश्यकतालाई प्राथमिकतामा राखेर नगरपालिका अघि बढिरहेको बताए ।

नवनिर्मित विद्यालय भवनबाट स्थानीय विद्यार्थीलाई पठनपाठनमा सहज हुने तथा सामुदायिक भवनले स्थानीयस्तरमा विभिन्न सामाजिक तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, स्थानीयवासी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

स्थानीयवासीले विद्यालय तथा सामुदायिक भवन निर्माण भएपछि लामो समयदेखि देखिएको पूर्वाधारको समस्या समाधान भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार